• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन




दाङ । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको थियो। अस्पतालका चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेकाले जुनसुकै समयमा थप जटिलता उत्पन्न हुन सक्ने बताएका थिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोका कारण अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उपचार चुनौतीपूर्ण बनेको थियो।

उनी वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत रहेका थिए। उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

Facebook Comments