• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाले गर्‍यो ७८.५२ प्रतिशत बजेट खर्च




तुलबहादुर कवँर मगर
मसुरिया । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल विनियोजित बजेटको ७८.५२ प्रतिशत खर्च गरेको छ।

गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन तथा खर्चको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

सार्वजनिक विवरणअनुसार गाउँपालिकाले ६६ करोड ६ लाख २५ हजार ९ सय ४२ रुपैयाँ ४ पैसा बजेट विनियोजन गरेकोमा ५१ करोड ८७ लाख ७१ हजार २ सय ४३ रुपैयाँ ४४ पैसा खर्च गरेको छ।

जसअनुसार चालु खर्चतर्फ विनियोजित ५० करोड ६ लाख ९ हजार ३ सय ४२ रुपैयाँ ४ पैसा मध्ये ३९ करोड ५६ लाख ९० हजार ९ सय ५४ रुपैयाँ १ पैसा अर्थात् ७९.०४ प्रतिशत खर्च भएको छ।

यस्तै पुँजीगत खर्चतर्फ विनियोजित १६ करोड १६ हजार ६ सय रुपैयाँ मध्ये १२ करोड ३० लाख ८० हजार २ सय ८९ रुपैयाँ ४३ पैसा खर्च भई ७६.९१ प्रतिशत प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ।

खर्च विवरण सार्वजनिक गर्दै गाउँपालिकाले बजेट कार्यान्वयनमा सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ। साथै विकास र समृद्धिको यात्रामा आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरिएको जनाएको छ।

Facebook Comments