घोराही । नागरिक समाज दाङ र संजीवनी टिचिङ हस्पिटलबीच अन्तक्रिया सम्पन्न भएको छ । अन्तक्रिया कार्यक्रममा नागरिक समाजका सचिव नारायण प्रसाद श्रेष्ठ, कोषाध्यक्ष बसन्त राज भट्ट, पूर्व संयोजक के.वि. मसाल, पूर्व संयोजक चन्द्र राज पन्थ, सदस्य हरी प्रसाद पाण्डे, कार्यसमिति सदस्यहरु अस्पतालमा उपस्थित भइ त्यहाँ प्रवाह भइरहेका सेवाहरुका बारेमा अस्पताल व्यावस्थापनसँग छलफल भयो । साथै नागरिक समाजबाट अस्पताल अवलोकन गरी पृष्ठपोषण दिइयो ।
अन्तक्रियाका क्रममा आफ्नो बिचार राख्दै पूर्व संयोजक नारायण प्रसाद श्रेष्ठले स्वास्थ्य सेवामा भएको अभाव पुरा गर्न संजीवनी अस्पताल दाङमा स्थापना भएकोमा व्यावस्थापनलाई धन्यवाद दिदै नागरिक समाजले जतिसक्दो अस्पतालको प्रगतिको लागि सहयोग गर्ने बिचार राख्नु भयो । पूर्व संयोजक के.वि. मसालले लामो समयदेखि नागरिक समाजले स्वास्थ्य क्षेत्र लगाएत अन्य क्षेत्रमा आम नागरिकले गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने विषयमा आवाज उठाउदै आएको र यसै सन्दर्भमा संजीवनी अस्पतालसँग अन्तक्रिया गरी जनतासामु यहाँका सेवा सुविधा बारे जानकारी गराउने साथै अस्पताललाई पृष्ठपोषण दिने हेतुले आजको अन्तक्रियामा सहभागि भएको बताउनुभयो ।
कोषाध्यक्ष बसन्तराज भट्टले अस्पताललाई शुभकामना दिनुभयो । नेपाल सरकारका पूर्व उपसचिव तथा नागरिक समाज सदस्य हरी प्रसाद पन्थीले घोराहीका बिभिन्न वडामा केही वर्ष रहेका डाक्टरहरुको विवरण पेश गर्दै सकेसम्म यहीका डाक्टरहरु अन्य जनशक्तिलाई रोजगारी दिन सके मानवश्रोत दिगो हुने बिचार राख्नुभयो । अन्तक्रियामा सहभागि हुदै अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले करिब चार अर्व लगानीमा दाङ जिल्लाको मात्र नभइ प्रदेशकै गौरवको आयोजनाका रुपमा खुमा प्रसाद अर्याल ज्यको लगानीमा अस्पताल निर्माण सम्पन्न भई बिशेषज्ञ चिकित्सक मार्फत सेवा शुरु गरिसकेको छ । त्यसैले अस्पताल अब हामी सबै नागरिकको साझा सम्पत्ति हो । अस्पताल र समाजबीच अन्योनाश्रीत सम्बन्ध हुन्छ । अस्पताल केवल उपचार गर्ने प्राविधिक एकाइ मात्र हैन, यो संवेदनशील सामाजिक अंग हो । यसले नागरिकलाई सामाजिक, मानसिक र शारीरिक रुपमा तन्दरुस्त राख्ने काम गर्छ जसले समृद्ध समाज निर्माण गर्न सहयोग पुराउछ । उहाँले अस्पतालका सेवालाई अझै प्रभावकारी बनाउन नागरिक समाजले अहम् भुमिका खेल्ने आशा व्यक्त गर्नुभयो । अस्पतालले यस भेगका बिरामीहरु बाँके, रुपन्देही, काठमांडौ र भारत जान पर्ने बाद्यतालाई अन्त्य गरेको छ । जसबाट पहिलो कुरा जीवन बचेको छ साथसाथै समय तथा ठुलो धनराशी बचत हुनपुगेको छ ।
अस्पतालका कार्यबाहक मेडिकल डाइरेक्टर कन्सल्टेन्ट सर्जन डा.रविन आचार्यले अस्पतालले सबै विभागमा कम्तिमा दुइ देखि तीनजना बिशेषज्ञ चिकित्सक सहीत सेवा प्रवाह गरीरहेको बताउनुभयो । डायग्नोष्टीक तर्फ उच्च स्तरको प्रयोगशाला, डिजिटल र भिडियो एक्स रे, सिटि स्क्यान, एम आर आइ मेमोग्राफि, इन्डोस्कपि, क्लोस्कपि लगाएत रहेको तथा एघार वटा मोडुलर अप्रेशन कक्षमा बिभिन्न खालका सर्जरीहरु भइरहेको बताउनुभयो । उहाँले एकदुइ दिनभित्र न्युरो सर्जरी शुरु हुने साथै एक महिना भित्र कार्डियोलोजि र युरोलोजिका विशिष्टीकृत सेवा तथा हेमोडायलासिस सेवा शुरु हुने जानकारी दिनुभयो । अस्पताल व्यावस्थापक सह प्राध्यापक मदन पन्थीले हाल ओपिडीमा दैनिक औषत एक सय बिस, आजको आइसियु सहीत साठी बिरामी भर्ना रहेको बताउनुभयो ।
अन्तक्रियामा नागरिक समाजका व्यक्तित्वहरुले अस्पतालका सेवा, सुविधाका सम्बन्धमा बिभिन्न जिज्ञासाहरु राख्नुभएको थियो । नीजि अस्पताल भएकाले महंगो छ भन्ने जिज्ञासमा अस्पतालका निमित्त वित्त नियन्त्रक सिए अनिल सुनारले हाल ओपिडि टिकट निशुल्क रहेको साथै अन्य शुल्कहरु पनि अन्य महंगो नरहेको कुरा राख्नु भयो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत शुसील रिजालले गर्नुभएको थियो भने मेट्रोन सिर्जना ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
