दाङ । दाङ जिल्ला अन्तरविद्यालय (कक्षा ८ सम्म) कप फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि आज पुलिस बोर्डिङ स्कुल, घोराही र मावी सेन्टर, तुलसीपुर आमनेसामने हुँदैछन्।
फाइनल खेल आज दिउँसो ३ बजे हापुर खेल मैदानमा हुने आयोजक हापुर युथ क्लबले जनाएको छ।
प्रतियोगितामा दाङ जिल्लाका ५० विद्यालयको सहभागिता रहेको थियो। क्षेत्रगत रूपमा घोराही क्षेत्रका विद्यालयका खेलहरू घोराहीमा, नारायणपुर–हापुर क्षेत्रका विद्यालयका खेलहरू नारायणपुर र हापुर मैदानमा तथा तुलसीपुर क्षेत्रका विद्यालयका खेलहरू तुलसीपुरमा सम्पन्न भएका थिए।
विद्यालयस्तरबाटै फुटबल खेलको विकास गर्नुका साथै विद्यार्थीमा खेलप्रति रुचि र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजक क्लबका अध्यक्ष विनोद विकका अनुसार प्रतियोगिताको विजेताले रु. ५५ हजार ५ सय ५५ तथा उपविजेताले रु. २५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
