दाङ । दाङमा सवारी साधनमा अनुमति नलिई जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र ट्राफिक नियमको पालना गराउन अभियान सञ्चालनमा ल्याएको जनाएको हो।
प्रहरीका अनुसार कालो सिसा र स्टिकरका कारण सवारी साधनभित्रको गतिविधि बाहिरबाट सहजै देख्न नसकिने भएकाले सुरक्षा निगरानीमा चुनौती थपिने गर्दछ। यही अवस्थालाई मध्यनजर गर्दै नियमविपरीत जडान गरिएका सामग्री हटाउन विशेष अभियान सुरु गरिएको हो।
कार्यालयले सबै सवारीधनी र चालकलाई आफ्नो सवारी साधनमा जडान गरिएका अवैध कालो सिसा तथा स्टिकर तत्काल हटाई प्रचलित कानुन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
ट्राफिक प्रहरीले अभियानका क्रममा नियम उल्लंघन गरेको भेटिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। प्रहरी नायब निरीक्षक ९सई० शम्भु धितालले कारबाहीमा पर्नुभन्दा अघि नै सवारी साधनलाई कानुनअनुकूल बनाउन सबैसँग अनुरोध गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
