• २० असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौरीखर्कको पर्यटन विकासमा पूर्व गाउँपालिका अध्यक्ष बुढाको ९ बुँदे सुझाव




रुकुम पूर्व। भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढाले चङरि बुकी–चौरीखर्क क्षेत्रको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण र व्यवस्थापनमा जोड दिएका छन्। उनले पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन ९ बुँदे सुझाव सार्वजनिक गरेका हुन्।

बुढाले चौरीखर्क प्रवेशद्वारलाई मौलिक शैलीमा निर्माण गर्न, प्रवेश शुल्कको व्यवस्था गरी गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनुका साथै स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्। त्यस्तै, रानीबास–कुइपा सडकको स्तरोन्नति, कुइपामा व्यवस्थित सवारी पार्किङ तथा पर्यटकका लागि बीच–बीचमा विश्रामस्थल र वर्षामा ओत लाग्ने आकर्षक संरचना निर्माण गर्नुपर्ने उनको सुझाव छ।

उनले पर्यटन क्षेत्रको सरसफाइका लागि डस्टबिन तथा फोहोर व्यवस्थापनको व्यवस्था गरी फोहोर गर्ने व्यक्तिलाई जरिवाना गर्नुपर्ने उल्लेख गरेका छन्। कुहिरो लाग्ने समयमा पर्यटक हराउने जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानमा लोकेसन बोर्ड राख्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

यस्तै, पर्यटकका लागि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र रानीबासमा रुकुम पूर्वका हस्तकलाका सामग्री तथा अर्गानिक कृषि उपज बिक्रीका लागि ‘रुकुम पूर्व कोसेली घर’ निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।

पूर्व अध्यक्ष बुढाले चौरीखर्कको दिगो पर्यटन विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारसँगै गैरसरकारी संस्था तथा निजी क्षेत्रले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्।

Facebook Comments