• २० असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लामो प्रतीक्षापछि दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको कार्यालय स्थापना




दाङ। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको कार्यालय शनिबार घोराहीमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। २०५७ सालमा स्थापना भएको एसोसिएसनले दुई दशकभन्दा बढी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो।

एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले लामो समयदेखिको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान, गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। “कार्यालय हुनु मात्र ठूलो उपलब्धि होइन, यसलाई दीर्घकालसम्म व्यवस्थित र सक्रिय राख्नु सबै सदस्यको साझा जिम्मेवारी हो,” उनले भने। संस्थाको एकता, सक्रियता र निरन्तरताले मात्रै कार्यालयको महत्व अझ बढ्ने उनको भनाइ थियो।

विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले २०५७ सालमा स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालयविहीन अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गरे। उनले अहिले कार्यालय स्थापना हुनुलाई संस्थाको नयाँ यात्राको सुरुआतको रूपमा चित्रण गर्दै अबको लक्ष्य आफ्नै जग्गा खरिद गरी सुविधासम्पन्न भवन निर्माण गर्नु हुनुपर्ने बताए। त्यसका लागि सम्पूर्ण फोटोग्राफर समुदाय, पूर्वपदाधिकारी र शुभेच्छुकहरू एकजुट भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका पूर्वअध्यक्ष वसन्त न्यौपाने, पूर्वसचिव लब्ली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गाप्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखाका अध्यक्ष मिनराज वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उपाध्यक्ष हुम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव यमबहादुर आरसीले गरेका थिए।

Facebook Comments