• १६ असार २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लघुवित्त शोषणविरुद्ध किसान मजदुर आन्दोलनको दोस्रो दाङ जिल्ला सम्मेलन हुँदै




घोराही । `सम्पूर्ण किसान मजदुर एक हौँ, लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष गरौं ´ भन्ने मूल नारासहित लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको दोस्रो दाङ जिल्ला सम्मेलन घोराहीमा हुने भएको छ ।

आन्दोलन नेपालको आयोजनामा भोलि बुधबार घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने भएको हो ।

सम्मेलन दाङ जिल्ला इञ्चार्ज हिमाल डाँगीको अध्यक्षता तथा आन्दोलन नेपालका केन्द्रीय इञ्चार्ज सुरेश घिमिरेको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेश सेन्च्युरी र सचिव हुकुम खड्काको विशेष उपस्थिति रहनेछ ।

सम्मेलनमा जिल्लाभरका लघुवित्त तथा बैंकिङ कसुरबाट पीडित किसान, मजदुर तथा सर्वसाधारणको सहभागिता रहने दाङ जिल्ला इञ्चार्ज हिमाल डाँगीले जानकारी दिनुभयो ।

सम्मेलनमार्फत लघुवित्त तथा वित्तीय क्षेत्रबाट उत्पन्न समस्या, पीडितका माग र आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गरिने आयोजकले जनाएको छ ।

Facebook Comments