• १४ असार २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश च्याम्पियन बनेको दाङको यू–१९ क्रिकेट टोली सम्मानित




दाङ । वाई–वाई यू–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता–२०८३ को उपाधि जितेर इतिहास रचेको दाङको यू–१९ क्रिकेट टोलीलाई दाङ क्रिकेट संघले सम्मान गरेको छ।

रुपन्देहीको भैरहवा क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली रुपन्देहीलाई ३६ रनले पराजित गर्दै दाङले पहिलो पटक लुम्बिनी प्रदेश च्याम्पियन बन्ने गौरव हासिल गरेको थियो। यो जितसँगै दाङको क्रिकेट इतिहासमा नयाँ अध्याय थपिएको छ।

सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले दाङको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा अझ मेहनत, अनुशासन र समर्पणका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जिल्लाको नाम अझ उज्ज्वल बनाउन शुभकामना व्यक्त गरे।

oplus_0

दाङ क्रिकेट संघले खेलाडीहरूको मेहनत, लगनशीलता र टिमवर्कको प्रशंसा गर्दै यस्ता सफलताले जिल्लामा क्रिकेटप्रतिको आकर्षण र सम्भावना अझ बढ्ने विश्वास व्यक्त गरेको छ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैयाको अध्यक्षता उक्त सम्मान कार्यक्रम भएको थियो ।

Facebook Comments