रुकुम पश्चिम । सामाजिक सञ्जालमा सम्प्रदायिक घृणा वा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार “Jiban Oli” नामक फेसबुक पेजमार्फत मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी सामाजिक सञ्जालमा जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने र विभिन्न जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका ३ निवासी २८ वर्षीय डिल्लीबहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका ४ शिरसवा घर भई हाल मुसिकोट नगरपालिका–१ सल्लेस्थित पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
उनीहरूलाई शुक्रबार (असार १२) अपराह्न करिब ४:४५ बजे मुसिकोट नगरपालिका–३ माछिमीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
