• १२ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रास्वपाको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित हुनुभएको छ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न मतदानमा आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी मनिष झालाई पराजित गर्दै महामन्त्री पदमा विजय हासिल गर्नुभएको हो। परिणाम सार्वजनिक भएलगत्तै पराजित उम्मेदवार झाले आचार्यलाई बधाई दिनुभएको थियो।

पार्टीका संस्थापक तथा यसअघि सहमहामन्त्री रहेका आचार्य दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुनुहुन्छ ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आचार्यले अब पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढाउनु प्रमुख जिम्मेवारी रहेको बताउनुभयो।

मतपरिणामअनुसार आचार्यले ६७३ मत प्राप्त गर्नुभयो भने मनिष झाले ३४६ मत पाउनुभयो। महामन्त्री पदका अर्का उम्मेदवार गणेश कार्कीले १६९ मत तथा सागर ढकालले १३९ मत प्राप्त गर्नुभएको थियो।

Facebook Comments