• १० असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ महिला जेसिजद्वारा घोराही खानेपानी तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारी सम्मानित




दाङ। दाङ महिला जेसिजले घोराही खानेपानी तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीहरूलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।

दाङ महिला जेसिजका कार्यवाहक अध्यक्ष भिमा डि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष ध्रुव के।सी। प्रमुख अतिथि तथा दाङ महिला जेसिजकी संस्थापक अध्यक्ष निर्मला गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुव के।सी।ले घोराही खानेपानी तथा सरसफाई संस्थाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेकोमा दाङ महिला जेसिजप्रति आभार व्यक्त गर्नुभयो। उहाँले संस्थागत विकास, स्वच्छ खानेपानीको पहुँच विस्तार तथा उपभोक्तामैत्री सेवा प्रवाहका लागि नयाँ कार्यसमिति प्रतिबद्ध रहेको बताउनुभयो। साथै विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै समुदायको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि निर्मला गौतमले महिला नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा दाङ महिला जेसिजले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै खानेपानी तथा सरसफाइ जस्तो संवेदनशील क्षेत्रमा पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्न सुझाव दिनुभयो। समाज विकासका लागि संस्थागत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सम्मान कार्यक्रमले आपसी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा दाङ महिला जेसिजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सम्मानित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुआत आस्था पाठबाट गरिएको थियो भने आस्था पाठ प्रिया रोकाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव वसन्ती सुवेदीले गर्नुभएको थियो।

Facebook Comments