• ८ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँसभा अधिवेशनका कारण राजपुर गाउँपालिकाको सेवा प्रवाह प्रभावित




श्रवण कुमार यादव
दाङ। राजपुर गाउँपालिकाले गाउँसभाको १९औँ अधिवेशन तथा बजेट प्रस्तुतिकरण कार्यक्रमका कारण असार १० गते अत्यावश्यक बाहेकका सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार असार १० गते बिहान ११ बजेदेखि गाउँसभाको १९औँ अधिवेशन तथा बजेट प्रस्तुतिकरण कार्यक्रम आयोजना गरिएकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारीहरूको सहभागिता रहनेछ। यसका कारण गाउँपालिका तथा मातहतका वडा कार्यालयहरूबाट प्रदान गरिने नियमित सेवाहरूमा आंशिक प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ।

सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै गाउँपालिकाले आवश्यक कामको व्यवस्थापन सोहीअनुसार गर्न आग्रह गरेको छ।

गाउँपालिकाका अनुसार अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्। साथै, सेवाग्राहीलाई आवश्यक जानकारी लिएर मात्र कार्यालय आउन अनुरोध गरिएको छ।

Facebook Comments