• ८ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको सामुदायिक वनबाट ६ नाल अवैध भरुवा बन्दुक बरामद




दाङ। दाङको घोराही उपमहानगरपालिका–१ स्थित सल्लीकोट सामुदायिक वनबाट प्रहरीले ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामुदायिक वनको झाडी क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा लुकाइराखिएको भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने विभिन्न सामग्री फेला पारेको हो। प्रहरीले बरामद सामग्रीसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बरामद सामग्रीमा ६ नाल अवैध भरुवा बन्दुक, करिब ४०० ग्राम बारुद, ३३ वटा क्याप, १३ वटा फलामका गोली तथा बन्दुक सफा गर्न प्रयोग हुने २ वटा बडाहा ९सलाई० रहेका छन्।

प्रहरीले हतियार कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। बरामद गरिएका हतियार तथा सामग्री नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Comments