• ७ असार २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बगार बाबा धार्मिक विकास क्षेत्रको ३३औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न




श्रवण कुमार यादव
दाङ। दाङ जिल्लाको लमही नगरपालिका -९, रिहार स्थित रहेकाे श्री बगार बाबा धार्मिक विकास क्षेत्रको ५ औँ अधिवेशन तथा ३३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

बगार बाबा धार्मिक विकास क्षेत्र प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

कार्यसमिति सदस्य अमर बहादुर यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि भेषबहादुर के.सी., संस्थापक अध्यक्ष डिल्लीबहादुर खड्का, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी र स्थानीय बासिन्दा, धार्मिक अगुवा तथा क्षेत्रका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेकाे थियोे।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र विकासका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए। उनीहरूले क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स खरिदलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए। साथै संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै संस्थालाई थप प्रभावकारी र जनमुखी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।

वक्ताहरूले बगार बाबा धार्मिक विकास क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्दै यसको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले धार्मिक क्षेत्रको सौन्दर्यीकरण, पूर्वाधार विस्तार, खानेपानी, सरसफाइ तथा तीर्थयात्रीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

अधिवेशन तथा साधारण सभाले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै धार्मिक क्षेत्रको दिगो विकास र व्यवस्थापन तथा नेतृत्वका लागि पुर्ण बहादुर बस्नेतको संयोजकमा तिन निर्वाचन समिति गठन गरेको थियोे। जस्मा मान बहादुर खत्री र प्रेणा पछाई सदस्य रहेका छन्।

निर्वाचन समितिको अनुुसार उक्त विकास क्षेत्रको नयाँ कार्यसमितिको लागि कार्यसमिति सदस्य, सहसचिव, कोषाध्यक्ष पदमा निर्विरोध सहमती भएको थियो। जस्मा सदस्यहरू सुवर्ण शाह, अम्मर बहादुर यादव, मोहन यादव, रमा बस्नेत गिरी, चन्द्रकला वली शाह, मिना पौडेल रहनुभएको थियो। त्यस्तै सहसचिबमा पहल सिंह पुन, कोषाध्यक्षमा राजमती यादव निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै गरी अरु पद सचिव, उपाध्यक्ष र अध्यक्षको लागि सहमती जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा लगिने जानकारी दिएको थियो। निर्वाचन कमिटीले आगामी १३ गते बैठक बसि निर्वाचन मिति तय गर्ने समेत जानकारी गराएका छन्।

Facebook Comments