• ६ असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा संस्थागत विद्यालयहरूद्वारा चित्रकला प्रतियोगिता




दाङ। दाङ देउखुरीको राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका वैधानिक संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा राजपुर–२ स्थित सोमईथान मन्दिर प्राङ्गणमा विद्यार्थीहरूको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

संस्थागत विद्यालय समन्वय समिति, राजपुरको मिति २०८३ असार ३ गतेको निर्णयअनुसार प्रत्येक विद्यालयबाट कक्षा २ वा ३ का एक छात्र र एक छात्रा गरी चार विद्यालयका कुल ८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

बालबालिकाहरूमा रहेको अन्तर्निहित प्रतिभा तथा सिर्जनात्मक क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यालयहरूमा फेमिली प्याराडाइज इङ्ग्लिस बोर्डिङ स्कुल, मटेरीया; देउखुरी ग्रीनल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुल, बेला; राजपुर हिमालय बोर्डिङ स्कुल, चङ्गुवा; तथा बुद्धकिरण इङ्ग्लिस बोर्डिङ स्कुल, गङ्गदी रहेका थिए।

कार्यक्रममा सहभागी सबै छात्रछात्राहरूलाई टीका लगाई सम्मान गरिएको थियो भने पुरस्कार वितरण गरी उनीहरूको उत्साहवर्द्धन गरिएको थियो।

Facebook Comments