• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा ‘केक संसार’ उद्घाटन, स्वदेशमै केही गर्ने युवाको प्रयास प्रशंसनीय : अध्यक्ष जोशी




घोराही । दाङको घोराही उपमहानगरपालिका–१५, परिवार नियोजन चोक नजिक शुक्रबार ‘केक संसार’को उद्घाटन गरिएको छ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा केक संसारको उद्घाटन गरेका हुन्।

विगत १० वर्षदेखि सञ्चालनमा रहेको घोराही डेरी बेकर्सले आफ्नो नयाँ शाखाका रूपमा ‘केक संसार’ सञ्चालनमा ल्याएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला स्वदेशमै लगानी गरेर नयाँ व्यवसाय सुरु गर्नु प्रेरणादायी कार्य भएको बताए। उनले युवाहरूले आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न सक्ने उल्लेख गरे।

अध्यक्ष जोशीले व्यवसाय सफल बनाउन गुणस्तर, स्वच्छता र ग्राहकको विश्वास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै खाद्य सामग्री उत्पादन तथा बिक्रीमा विशेष ध्यान दिन आग्रह गरे। “ग्राहकको विश्वास नै व्यवसायको सबैभन्दा ठूलो पूँजी हो,” उनले भने, “गुणस्तरीय सेवा र उत्पादनमार्फत उपभोक्ताको मन जित्न सके व्यवसाय दीर्घकालीन रूपमा सफल हुन्छ।”

उनले स्थानीय उत्पादन, स्थानीय लगानी र स्थानीय रोजगारीलाई प्रवर्द्धन गर्ने यस्ता व्यवसायले जिल्लाको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास व्यक्त गरे।

केक संसारका सञ्चालक शनम शर्माले उद्घाटनको अवसरमा असार महिनाभर केकमा ३० प्रतिशत तथा अन्य सामग्रीमा १० प्रतिशत छुट प्रदान गरिने जानकारी दिए। उनले ग्राहकको आवश्यकता र मागअनुसार विभिन्न प्रकारका केक, बेकरी परिकार, कफी तथा चियाका परिकारहरू उपलब्ध गराइने बताए। साथै, ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

Facebook Comments