• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा रैथाने खाना तथा सांस्कृतिक प्रवर्द्धन प्रदर्शनी–२०८३ हुँदै




दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो ३२औँ स्थापना दिवसको अवसरमा रैथाने खानाको संरक्षण, प्रवर्द्धन तथा स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रैथाने खाना तथा सांस्कृतिक प्रवर्द्धन प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ।

आगामी असार ३ गते घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा आयोजना हुने प्रदर्शनीमा नेवारी, थकाली, मगर तथा थारु समुदायका परम्परागत रैथाने खानाका परिकारहरू प्रदर्शनीमा राखिने समितिका अध्यक्ष इश्वर बुढाले जानकारी दिनुभयो।

सोमबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि सविन प्रियासन ले रैथाने खाना तथा सांस्कृतिक प्रवर्द्धन प्रदर्शनीले स्थानीय परिकार, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले दाङको पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण तथा व्यवसायिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रदर्शनीमा दाङ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका संस्कार, संस्कृति र परम्परासँग जोडिएका रैथाने परिकारहरू प्रस्तुत गरिनुका साथै स्थानीय सांस्कृतिक झाँकी तथा प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ। अवलोकनकर्ताहरूलाई विभिन्न रैथाने परिकारहरूको स्वाद चखाउने विशेष व्यवस्था समेत गरिनेछ।

घोराही उपमहानगरपालिका को आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रदर्शनीसम्बन्धी पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन समितिका सचिव श्यामकुमार विकले गर्नुभएको थियो।

Facebook Comments