• ३१ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व रक्तदान दिवसमा त्रिभुवन नगर जेसिजद्वारा बृहत रक्तदान कार्यक्रम, ४९ जनाले गरे रक्तदान




दाङ ।  विश्व रक्तदान दिवसको अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४९ जनाभन्दा बढीले रक्तदान गरेका छन्।

त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएकाले यसलाई सबैले दैनिकी बनाउनुपर्ने बताउनुभयो। उहाँले स्वस्थ व्यक्तिले प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्नुपर्ने तथा रक्तदानको महत्वलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले मासिक करिब एक हजार प्वाइन्ट रगत आवश्यक पर्ने भएकाले सबैले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण पनि गराएका थिए। रक्तदान कार्यक्रमका संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसिजका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो भने जेसिजका श्रीसन अधिकारीले जेसी आस्थापाठ गर्नुभएको थियो।

Facebook Comments