• ३१ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व रक्तदान दिवसको अवसरमा दाङ महिला जेसिजद्वारा मानवीय सेवा




घोराही। विश्व रक्तदान दिवसको अवसर पारेर दाङ महिला जेसिजले ‘बिरामीको अनुहारमा मुस्कान, हाम्रो अभियान’ भन्ने नारासहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचाररत बिरामीहरूलाई फलफूल, जुस तथा पानी वितरण गरेको छ।

दाङ महिला जेसिजकी कार्यवाहक अध्यक्ष भिमा डी.सी. को अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मदन थपलिया को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिष्ठानमा भर्ना भएका करिब १५० जना बिरामी लाई फलफूल, जुस तथा खानेपानी वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. थपलियाले यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरूको मनोबल उच्च बनाउने, उनीहरूमा सकारात्मक सोचको विकास गराउने तथा समाजमा सहयोग र सहकार्यको भावना प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँले दाङ महिला जेसिजले निरन्तर रूपमा सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएका यस्ता कार्यक्रमहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाट तथा निर्वतमान अध्यक्ष अनिता ढकाल लगायतले सामाजिक सेवामूलक गतिविधिले बिरामीमा सकारात्मक ऊर्जा र आत्मबल वृद्धि हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य दाङ महिला जेसिजकी प्रबन्ध निर्देशक बिन्दु रावत ले राख्नुभएको थियो भने सञ्चालन महासचिव वसन्ता सुवेदी ले गर्नुभएको थियो।

 

Facebook Comments