• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द




दाङ । राजपुर गाउँपालिकाले राप्ती नदी तथा अन्य नदीका विभिन्न घाटहरूबाट हुने नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन् तथा संकलन कार्य बन्द गरेको छ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को समाप्तिसँगै असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द गरिएको जनाएको हो।

सूचनाअनुसार घाटको ठेक्का लिएका व्यवसायीहरूले असार मसान्तसम्म साँझ ६ बजेदेखि उत्खनन् तथा संकलन कार्य बन्द गरी आफ्नो घाटमा नापजाँच गरिएको मौज्दात सामग्री सुरक्षित राख्नुपर्नेछ। साथै असार मसान्तपछि घाटमा थप सामग्री ल्याउन नपाइने गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिकाले घाटमा रहेको मौज्दात नदीजन्य पदार्थको स्टक यथावत् राख्न निर्देशन दिँदै नियम विपरीत कार्य गरेमा कार्यालयले जफत गरी लिलामसमेत गर्न सक्ने चेतावनी दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित वडा कार्यालय, जिल्ला समन्वय समिति दाङ तथा इलाका प्रहरी कार्यालय गढवालाई आवश्यक समन्वय र अनुगमनका लागि बोधार्थ पठाइएको छ।

Facebook Comments