• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा आन्दोलनको दबाबपछि १ किलोमिटर सडक कालोपत्रे सुरु




जोया थापा

बंगलाचुली । दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा १ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।

स्थानीयवासीका अनुसार यसअघि पटक–पटक आन्दोलन र सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन। तर जेठ १६ गतेदेखि सुरु भएको आन्दोलनपछि विगतमा भएको १ किलोमिटर सडक कालोपत्रे गर्ने सहमति कार्यान्वयन नभए गाउँपालिकामा ताला लगाउने तथा मालवाहक टिपर सञ्चालन पूर्ण रूपमा बन्द गर्ने निर्णय स्थानीयले गरेका थिए।

स्थानीय सरोज मगरले विगतमा धेरैपटक आन्दोलन र वार्ता भए पनि सहमतिहरू कागजमै सीमित रहेको बताए। “धेरै पटक आन्दोलन र वार्ता भयो, तर कार्यान्वयन भएन। यसपटक गाउँपालिकामा ताला लगाउने निर्णयपछि सहमति कार्यान्वयनको चरणमा पुगेको छ। यसमा हामी खुसी छौँ,” उनले भने।

सडक कालोपत्रे भएपछि उक्त क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको धुलोको समस्या अन्त्य हुने अपेक्षा गरेका छन्। स्थानीयले सडक स्तरोन्नतिले आवागमन सहज हुनुका साथै जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments