• २५ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रास्वपा रुकुमपश्चिमको सभापतिमा खड्का निर्वाचित




राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँ ४२ मत सहित निर्वाचित हुनुभयो भने चन्दले ३० मत प्राप्त गर्नुभयो । कुल १ सय १३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उप सभापतिमा रिमप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २०, ठकेन्द्र गिरी रविले १४ र घमन्डबहादुर चन्द शिखरले ५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख छ ।

सचिवमा दीपेन्द्रराज विष्ट लोकप्रिय मतका साथ विजयी हुनुभएको छ । उहाँले सर्वाधिक ५८ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नवराज मल्ले १४ मत पाउनुभयो । सह सचिवमा २७ मत सहित प्रेम बाँठा मगर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सशे खत्री सरोज र पदम ददेलले २३/२३ मत प्राप्त गर्नुभएको छ ।

५ जना सदस्यका लागि भएको प्रतिस्पर्धामा नीरज गिरी ४२ मत, यामराज डाँगी ३४ मत, लाकबहादुर गिरी ३३ मत, विनोद बटाला ३३ मत र रमेश गिरी ३१ मत ल्याएर विजयी हुनुभएको छ । सदस्यमा कृष्णबहादुर ओली, पलबहादुर खड्का र टोपबहादुर थापा पराजित हुनुभएको छ ।

त्यस्तै सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको रास्वपाले जनाएको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ शपथ खुवाउनुभएको छ । साथै नव निर्वाचितहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।

Facebook Comments