• २३ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गल्ला तथा किराना व्यवसायी समिति घोराहीको अध्यक्षमा पुनः पाण्डे




घोराही । गल्ला तथा किराना व्यवसायी समिति घोराही, दाङको १४औँ साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ।

अधिवेशनले बिनोद प्रसाद पाण्डेलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ। पाण्डेको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोपाल खनाल, सचिवमा सुरज सुवेदी, सहसचिवमा थानेश्वर बुढा, कोषाध्यक्षमा घनश्याम खनाल तथा सह–कोषाध्यक्षमा मुक्तिराम खनाल निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा ईश्वरी भुसाल , वसन्त गौतम, तारा वली, खिमराज भण्डारी, खिमबहादुर खत्री, बलबहादुर खड्का, सुनिल घिमिरे र शरद डाँगी चयन भएका छन्।

अधिवेशनले आगामी कार्यकालका लागि व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता तथा बजार व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments