• २३ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन




काठमाडौँ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अधिव्यक्तिविरुद्ध प्रर्दशन गरेको छ।

शनिबार श्रम संस्कृति पार्टीले माइतीघर मण्डलामा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

प्रदर्शनमा सहभागीहरूले ‘संसद्‌मा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन!’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो कि विदेशीको दलाल हो?’, लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

Facebook Comments