• २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्युजा क्रीकेट क्लबलाई खेतुलाल स्मृति कपको उपाधि




जोया थापा

दाङ। नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा समितिको आयोजनामा सम्पन्न दोस्रो खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधि स्युजा क्रिकेट क्लबले जितेको छ।

फाइनल खेलमा काभ्रे श्रीवारी क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै स्युजाले उपाधिसहित नगद २० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको काभ्रे श्रीवारीले निर्धारित १० ओभरमा ४६ रन मात्र बनाउन सक्यो। टोलीका लागि मनोज पुन मगरले सर्वाधिक १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। काभ्रे श्रीवारीलाई कम स्कोरमा रोक्न स्युजाका दीपक जिएमले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ ओभरमा मात्र ३ रन खर्चेर ४ विकेट लिए।

४७ रनको सामान्य लक्ष्य पछ्याएको स्युजाले ५।३ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। स्युजाका लागि दीपक शाहीले १८ रनको योगदान दिए।

उपविजेता बनेको काभ्रे श्रीवारी क्रिकेट क्लबले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दीपक शाही ‘म्यान अफ द सिरिज’ घोषित भए। त्यस्तै मनोज पुन मगर ‘बेस्ट ब्याट्सम्यान’ तथा दीपक जिएम ‘बेस्ट बलर’ घोषित भए। उनीहरूले क्रमशः नगद १ हजार ५००, १ हजार र १ हजार रुपैयाँसहित कप प्राप्त गरे।

समापन तथा पुरस्कार वितरण कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ का वडा सभापति शिवराज परियारको सभापतित्व तथा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए।

Facebook Comments