• २० जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश सरकारबाट एमालेका चार मन्त्रीको राजीनामा, यी हुन् संभावित चार मन्त्री




देउखुरी । लुम्बिनी प्रदेश सरकारबाट एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, कृषि मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारु मगर र ऊर्जा मन्त्री सीता शर्मा चौधरी मन्त्री रहेका थिए।

यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्तिका लागि उनीहरूलाई फिर्ता बोलाएको हो ।

हिजो संसदीय दलको बैठक बसेर मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, मुख्यमन्त्री आचार्यलाई अधिकार प्रत्यायोजन दिइएको थियो ।

उनीहरूको स्थानमा रूपन्देहीका तुलसी चौधरी, बाँकेका रत्न खत्री, अर्घाखाँचीका रामजी घिमिरे र गुल्मीका डिल्लीराज भुसाललाई मन्त्री बनाउने तयारी मुख्यमन्त्रीले गरेका छन् । तर अहिले प्रदेश प्रमुख बाहिर रहेकाले नयाँ नियुक्ति केही दिन ढिलाइ हुने भएको छ ।

बजेट तयारीको मुखमा मन्त्री फेर्न नहुने र मुख्यमन्त्रीसहित सबै फेर्नुपर्ने अडानमा रहेको सत्तारूढ कांग्रेसलाई दबाब सृजना भएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले एमालेले फेरेपछि दबाब सृजना भएको र पार्टीले पनि सोच्ने बताए ।

Facebook Comments