नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को महिला संगठन अखिल नेपाल महिला संगठनको संयोजकमा दामा शर्मा चयन हुनुभएको छ ।
काठमाडौँमा सम्पन्न संगठनको राष्ट्रिय एकता भेलाले शर्मालाई संयोजकको जिम्मेवारी सुम्पिएको हो ।
एकता भेलाले संगठनको सहसंयोजकमा मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई चयन गरेको छ । नवगठित अखिल नेपाल महिला संगठनको केन्द्रीय समिति ५८५ सदस्यीय रहेको छ भने एकतामा सामेल भएका घटक संगठनका पदाधिकारीहरू सम्मिलित सचिवालय समेत निर्माण गरिएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघ (समाजवादी) लगायतका संगठनहरूबीचको एकतापछि यो संगठन निर्माण भएको हो ।
एकता भेलालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’, जनवर्गीय संगठन इन्चार्ज राजेन्द्र पाण्डे र नेतृ जयपुरी घर्ती लगायतका नेताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिनुभएको थियो ।
यसैबीच, नवनिर्वाचित संयोजक दामा शर्मा, सहसंयोजकहरू र सम्पूर्ण केन्द्रीय समितिलाई विभिन्न क्षेत्रबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
