• १४ जेष्ठ २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना




काठमाडौँ । आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनीका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी र हिमाली भेगमा हिमपात हुन सक्नेछ।

त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो भागमा ठूलो पानी पर्ने सम्भावना छ।

पश्चिम तराईमा केही दिनदेखि ४० डिग्री सेल्सियस पुगेको तापक्रममा हिजोदेखि केही गिरावट आएको छ। हिजो सबैभन्दा बढी धनगढीमा ३९ र नेपालगञ्जमा ३८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। आज लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी कायमै रहे पनि भोलिदेखि भने तापक्रम घट्ने महाशाखाले जनाएको छ।

गएराति कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ, जसमा गोरखा र धादिङको सिमाना आरुघाटमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

Facebook Comments