दाङ । नेपाल उद्योग व्यापार महासङ्घ दाङ जिल्ला समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। कावा अध्यक्ष नोर्वु लामा तामाङको अध्यक्षतामा बसेको बैठकले विकास वलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
समितिको निवर्तमान अध्यक्ष डिल्ली बहादुर वली, वरिष्ठ उपाध्यक्षमा नोर्वु लामा तामाङ, उद्योग उपाध्यक्षमा माधव भुषाल तथा उपाध्यक्षमा केशवराज पोख्रेल रहनुभएको छ।
त्यसैगरी महासचिवमा दुर्गा बिक, सचिवमा बिक्रम राणा, कोषाध्यक्षमा शिवचन्द्र घिमिरे तथा सह–कोषाध्यक्षमा प्रकाशचन्द्र घिमिरे चयन हुनुभएको छ।

सदस्यहरूमा तुल्सी मल्ल, कुलबहादुर वली, हुर्मत बुढा क्षेत्री, प्रेम विक, सुरेन्द्र परियार, खुमबहादुर भण्डारी, मानबहादुर बुढाथोकी र नन्दलाल घर्ती रहनुभएको छ। साथै, प्रत्येक पालिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।
कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव मिनराज भण्डारी, केन्द्रीय सदस्य शेषकान्त ढकाल तथा प्रदेश महासचिव महेन्द्र बुढाथोकीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण महासचिव विकास वलीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
