• १२ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा एकैदिन १२ सय बढी बिरामीले लिए उपचार सेवा 




दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामिको चाप अत्याधिक देखिएको छ । भौतिक पूर्वाधारको अभावमा प्रतिष्ठानमा बिरामीलाई सेवा प्रबाहमा निकै समस्या भइरहेको छ ।

सीमित स्रोत साधनलाई समुचित प्रयोग गरेर प्रतिष्ठानले आफ्नो सेवा प्रबाह गर्दै आइरहेको छ । प्रतिष्ठानमा ४ सय बेडको नयाँ भवन बन्ने प्रकृया हालसम्म पनि सुरु नहुँदा भौतिक पूर्वाधारको  अभावमा सेवा प्रवाह निकै अप्ठेरोमा परेको हो ।

४ सय बेडको लागि योजना आयोगबाट योजना अघि बढेको कुरा यसअघि नै सार्बजनिक भएपनि अर्थ मन्त्रालयबाट बहुबर्षको लागि बजेटको स्रोत सुनिश्चितता भएको कुरा बाहिर आएको छैन् ।

प्रतिष्ठानमा हिजो सोमबार मात्रै १ हजार २ सय ७ जना बिरामीले विभिन्न बिभागबाट उपचार सेवा लिएका छ्न्। प्रतिष्ठानमा बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । प्रतिष्ठानले शुक्रबार पुर्ण कार्यालय समय लागु गरेर सेवा प्रबाह गर्ने निर्णय गरि सकेको छ भने हप्तामा दुई दिन शनिबार र आइतबार संघिय सरकारको निर्णय अनुसार प्रतिष्ठानले बिदा समेत दिएको छ । शनिबार र आइतबारको सार्बजनिक बिदापछि सोमबार उपचार सेवा लिने बिरामीको चाप अत्याधिक बढेको हो ।

जसअन्तर्गत ओपिडीमा १,०८७ जना, आकस्मिक कक्ष (इमर्जेन्सी) मा ६६ जना तथा भर्ना भएका बिरामीको संख्या ५४ रहेको छ।
इमर्जेन्सी सेवामा आएका बिरामीमध्ये ३२ जना पुरुष र ३४ जना महिला रहेका छन् भने ओपिडी सेवामा ३८० जना पुरुष तथा ७०७ जना महिला बिरामीले सेवा लिएका छन्।

त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमबाट ३९३ जना बिरामीले  सेवा पाएका छ्न् ।

Facebook Comments