दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम नि:शुल्करुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसुति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
प्रतिष्ठानले चालू आर्थिक बर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निशुल्क प्रसुति सेवा प्राप्त गरेका हुन । प्रसुति सेवा प्राप्त गर्नेहरुको संख्या बैशाख १ गतेदेखि ३१ गतेसम्मको हो ।
प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामीछाने नेतृत्वमा अन्य प्रसुति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निशुल्क प्रसुति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रम निशुल्करुपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निशुल्क प्रसुति गराउन आउने महीलाहरु अहिले सेवा पाउँदा खुसि भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाईलीले प्रतिष्ठानमा सन्चालित निशुल्क प्रसुति सेवाले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतिष्ठानमा प्रसुति सेवा निशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी २ सय ८ जना र शल्यचिकित्सा सेवावाट १ सय ४० जना गरेर ३ सय ४८ जना महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।
त्यस्तै प्रसुति सेवा बिभागबाट एक महिनाकै अबधिमा गर्भपतन (मिसक्यारिज) ४१ जना र अन्य ६ जनाले सेवा पाएका छ्न । यसैगरेर बैशाख महिनामा प्रसुति सेवाबाट २ हजार १ सय ९४ जना महिलाले ओपिडि सेवा र ५३ जनाको भर्ना गरेर उपचार गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
