• १२ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइने




दाङ । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ ।

दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्य को संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । त्यसैदिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी जेठ १५ गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।

प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउदै आएको छ ।

Facebook Comments