दाङ । दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा यहि जेठ २० गते देखि दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रीकेट प्रतियोगिता हुने भएको छ ।
कांग्रेस बंगलाचुली -४ समितिको आयोजनामा हुन लागेको कपको बिजेताले नगद रु २० हजार, कप मेडल र प्रमाणपत्र पत्र तथा उपविजेताले नगद रु १० हजार, कप, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्ने नेपाली कांग्रेस बंगलाचुली-४ का सभापति शिबराज परियारले जानकारी दिए ।
स्वर्गीय खेतुलाल नेपाली नेपाली कांग्रेस बंगलाचुली-४ का कार्यसमिति सदस्य तथा क्रीकेट खेलाडी समेत रहेको कारण उनक सम्झान आइतबार बासेको कार्यसिमितिको बैठकले स्मृति कपको आयोजना निर्णय गरेको हो ।
वडा सभापति शिबराज परियारको सभापतिमा बसेको बैठकले कपलाई सफल पार्नकालागी बिभिन समिती बनाएर जिम्मेवारी समेत दिएको छ ।
आर्थिक व्यवस्थापनमा चित्रकान्त पुलामीको संयोजकत्वमा नेत्र खड्का , मधु घर्ती, सुनिल भण्डारी , दिनेश नेपाली र ददिराम नेपाली रहेका छन भने प्रचारप्रसार तथा खेल व्यवस्थापन समितिको हिमाल महराको संयोजकमा टोपाराम अधिकारी, युबराज सुवेदी, कमल नेपाली, ज्ञानेन्द्र गिरि, महन महरा र ताम बहादुर परियार रहेका छन् ।
खेल व्यवस्थापन समितिका सदस्य ताम बहादुर परियार अनुसार टिम दर्ता शुल्क ३ हजार ५ सय लाग्ने छ भने टिम दर्ता अन्तिम मिति २०८३ जेठ १८ गते रहेको छ ।
बंगलाचुली भित्रको टिमले मात्र उक्त प्रतियोगितामा सहभागी जनाउन पाउने छन भने एउटा टिममा ३ जिन सम्म बंगलाचुली बाहिरका खेलाडी समावेश गर्न पाउने सदस्य परिवारले जानकारी दिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
