कमिरेचौर । दाङको बंगलाचुलीका स्थानीयबासीहरुले अनिश्चितकालका लागि टिपर बन्द गरेका छन् ।
बंगलाचुलीको विभिन्न खानी उत्खनन्बाट चुनढुंगा बोक्ने टिपर व्यवसायीहरुले बंगलाचुलीमा एक किलो मिटर सडक कालोपत्रे गर्ने सहमति भएको लामो समय बित्दा समेत कुनैपनि प्रक्रिया अगाडि नबढाएको भन्दै स्थानीयहरुले आजदेखि अनिश्चित रुपमा टिपर पुनः बन्द गरेको हुन् ।
बंगलाचुलीको जुम्मेपानीस्थित एक किलोमटिर सडक कालोपत्रे गर्नका लागि स्थानीय सरकार, टिपर व्यवसायी र स्थानीयहरुसँगको गत पुस महिनामा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आजदेखि अनिश्चित रुपमा टिपर बन्द गरिएको बंगलाचुली बनाऔं अभियानका संयोजक सुशील परियारले जानकारी दिनुभयो ।
उहाँले बंगलाचुलीको विभिन्न खानी उत्खनन्बाट चुनढुंगा बोक्ने टिपर व्यवसायीहरुले सम्झौताअनुसार अहिलेसम्म सडक कालोपत्रे गर्नका लागि कुनै प्रक्रिया अगाडि नबढाएको र स्थानीयबासीहरुलाई सास्ती दिएको भन्दै आजदेखि पुनः अनिश्चित रुपमा टिपर बन्द गरिएको बताउनुभयो । यो विषयमा खानी सञ्चालन तथा टिपर व्यवसायीहरुलाई समेत जानकारी गराइएको र कालोपत्रे गर्ने माग पूरा नभएसम्म टिपर बन्द गरिने उहाँको भनाइ छ ।
खानी सञ्चालन भएयता यहाँका स्थानीयबासीहरुले धुलो र धुवाँको सास्ती भोग्दै आइरहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
