• ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा महिला नेतृत्व, कानूनी तथा GESI सम्बन्धी क्षमता विकास तालिम सुरु




आलोक भावुक
गढवा। दाङ देउखुरीको गढवा गाउँपालिका मा महिला नेतृत्व, भूमिका, कानूनी तथा GESI (लैङ्गिक तथा सामाजिक समावेशीकरण) सम्बन्धी तीन दिने क्षमता विकास तालिम सुरु भएको छ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा को आयोजनामा सञ्चालन भएको तालिम जेठ ९ गतेदेखि ११ गतेसम्म गाउँपालिकाको सभाहलमा सञ्चालन हुने जनाइएको छ। तालिममा गाउँ कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमकी सभाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य चन्द्रा केसी ले महिलाको नेतृत्व विकास र अधिकारसम्बन्धी विषयमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो।

उहाँले स्थानीय तहमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै क्षमता अभिवृद्धिबिना प्रभावकारी नेतृत्व सम्भव नहुने धारणा राख्नुभयो।

“महिलाहरूलाई नेतृत्व, कानूनी अधिकार र सामाजिक समावेशीकरणका विषयमा जानकारी दिन यस्ता तालिम आवश्यक छन्,” उहाँले भन्नुभयो, “तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै महिलाहरू अझ सक्षम र आत्मनिर्भर बन्नुपर्छ।”

गाउँपालिकाका अनुसार तालिममा महिला अधिकार, नेतृत्व विकास, कानूनी व्यवस्था, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरिनेछ।

तालिम उद्घाटन कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द ले गर्नुभएको थियो।

Facebook Comments