• ७ जेष्ठ २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सरकारी विज्ञापन वितरणमा भइरहेको विभेदविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु




घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले सरकारी विज्ञापन वितरणमा भइरहेको विभेदविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

​सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास गरेको, सूचना पहुँचमा नियन्त्रण गरेको र खर्च कटौतीको बहानामा सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चार माध्यमलाई मात्रै दिएको भन्दै महासंघले हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।

​केन्द्रीय कार्यक्रमअनुसार दाङ शाखाले आजदेखि सुरु गरेको यो हस्ताक्षर संकलन अभियान आगामी जेठ १४ गतेसम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ।

शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा​ महासंघका केन्द्रीय सचिव सविन प्रियासनको विशेष उपस्थिति  अभियानको सुरुवात गरिएको हो।

महासंघको प्रांगणमा  सुरु गरिएको यस अभियानमा महासंघका अध्यक्ष सुवेदीले सम्पूर्ण पत्रकार, नागरिक समाज र सरोकारवाला पक्षलाई उपस्थित भई ऐक्यबद्धता जनाउन र हस्ताक्षर गर्न आग्रह गर्नुभएको छ।

अभियानमा महासंघका पूर्व अध्यक्ष सुदीप गौतम, महासंघका सल्लाहकार दुर्गालाल केसी, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments