काठमाडौं । पहल थिएटर सामुदायिक कलाघर निर्माण सहयोग अभियानलाई थप सशक्त बनाउन पहल थिएटर टिम जेठ ४ गते बहुचर्चित इन्द्रेणी कार्यक्रममा सहभागी भएको छ। कला, संगीत, नाटक तथा चलचित्र क्षेत्रका चर्चित स्रष्टाहरूको उपस्थितिले कार्यक्रम थप आकर्षक बनेको थियो।

चलचित्र विकास बोर्डका पूर्व सदस्य तथा प्रवक्ता के एल बुढाथोकीको नेतृत्वमा नायक, निर्देशक तथा निर्माता आकाश अधिकारी, लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ मादल वादक खर्क बुढामगर, रापती समाज काठमाडौंका अध्यक्ष गोविन्द मधुर आचार्य, वरिष्ठ बाँसुरी वादक डम्बर खड्काथोकी सहभागी थिए।

त्यस्तै प्रसिद्ध गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी, चर्चित लोकगायक नरेश खाती, चलचित्र निर्देशक अमर वली, गायक तथा संगीतकार सागर शरद अधिकारी, नाट्यकर्मी महासंघका महासचिव जेवी डिसी, गायिका रिता केसी तथा कलाकार, निर्देशक एवं छायांकार देवराज आचार्य को समेत उल्लेखनीय सहभागिता रहेको थियो।
पहल थिएटरले निर्माण गर्न लागेको सामुदायिक कलाघर कला, साहित्य, संगीत तथा नाटकका गतिविधिलाई एकीकृत गर्ने उद्देश्यसहित अघि बढाइएको जनाएको छ। कार्यक्रममा सहभागी स्रष्टाहरूले कलाघर निर्माण अभियानलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

इन्द्रेणी कार्यक्रममा कला र संस्कृतिको संरक्षणसँगै सामुदायिक कलाघर निर्माणको अभियानबारे विशेष चर्चा गरिएको थियो। पहल थिएटरले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सहयोग संकलन तथा जनचेतना अभिवृद्धि गर्ने जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
