• ७ जेष्ठ २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सार्वजनिक बिदा कार्यान्वयन गर्ने प्रतिष्ठानको निर्णय: आइतबार ओपिडी सेवा बन्द हुने




दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानद्वारा जारी सूचना अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार आगामी जेठ ८ गतेदेखि प्रत्येक शुक्रबार पूर्ण कार्यालय समय कायम गरिनेछ भने शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति, आन्तरिक कार्यदलको प्रतिवेदन तथा आर्थिक प्रशासनको परामर्शका आधारमा उक्त निर्णय लागू गरिएको प्रतिष्ठानले जनाएको छ।

यद्यपि सार्वजनिक बिदाका दिनहरूमा बहिरंग सेवा बन्द रहने भएपनि अन्तरंग, सघन उपचार कक्ष तथा आकस्मिक सेवाहरू भने २४सैं घण्टा सञ्चालनमा रहने जनाइएको छ। साथै पूर्वनिर्धारित शल्यक्रिया तथा परीक्षा कार्यक्रमहरू पनि पूर्ववत् सञ्चालन हुने प्रतिष्ठानले स्पष्ट पारेको छ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सह–प्रा.डा. सुरेश विक. रसायलीद्वारा जारी गरेको सूचनामा सेवाग्राहीलाई आवश्यक जानकारीका लागि यो निर्णय सार्वजनिक गरिएको उल्लेख छ।

Facebook Comments