घोराही । प्रगतिशील लेखक संघ (प्रलेस) दाङले प्रधानमन्त्री बालेन शाहको कदमविरुद्ध सडकमै कविता वाचन गरेको छ।
सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरेको विरोधमा संघले आज आइतबार घोराहीस्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडि सडकबाटै कविता वाचन गरी विरोध जनाएको हो।
प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता तथा केन्द्रीय पार्षद सदस्य दामोदर पौडेलको विशेष उपस्थितिमा भएको कार्यक्रममा आधा दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कविता वाचन गर्दै स्रष्टाहरूले श्रमजीवी र सुकुम्बासी वर्गको उठिबास लगाउने कार्य लोकतान्त्रिक व्यवस्था विपरित भएको भन्दै आलोचना गरेका थिए ।
कार्यक्रममा प्रलेसका केन्द्रीय पार्षद सदस्य दामोदर पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापा, साहित्यकारहरू रामप्रसाद जैसी, सुरेश कुमार पाण्डेय, सूर्य बिसी लगायतले कविता वाचन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संघका सचिव पुरन शर्माले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
