• ३ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यालय सञ्चालनमा नयाँ व्यवस्था लागू ; वार्षिक कम्तीमा दुई  सय पाँच दिन पठनपाठन हुनुपर्ने




दाङ । ​सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार  सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालय तहको पठनपाठन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्था लागू गरिएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सुझावका आधारमा पाठ्यक्रम विकास केन्द्रले यो नयाँ व्यवस्थापन गरेको हो।

नयाँ व्यवस्थापन अनुसार अब विद्यालयहरू एक शैक्षिक वर्षमा कम्तीमा २ सय ५ दिन सञ्चालन हुनुपर्नेछ। स्वीकृत पाठ्यक्रमले तोकेको पाठ्यघण्टा नघट्ने गरी कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो।

​ केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार कक्षा १ देखि ३ सम्म वार्षिक ८ सय ३२ घण्टा, कक्षा ४ देखि ७ सम्म १ हजार २४ घण्टा र कक्षा ९ देखि १२ सम्म कम्तीमा १ हजार १ सय ८४ कार्यघण्टा पठनपाठन हुनुपर्नेछ।

​हप्तामा दुई दिन बिदा हुँदा वार्षिक रूपमा अपुग हुने कार्यघण्टालाई विद्यालय समयभन्दा अतिरिक्त समयमा पूरा गरिनेछ।

यसका लागि अतिरिक्त समयमा गरिने परियोजना कार्य, प्रयोगात्मक कक्षा र अन्य सिकाइ क्रियाकलापलाई वार्षिक कार्यघण्टामा समावेश गर्न केन्द्रले पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ।

Facebook Comments