• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
होलेरी बजार अनुगमन : १ लाख ४० हजार बढी राजस्व संकलन, म्याद नाघेका सामग्री नष्ट




कमल खड्का
होलेरी । रोल्पाको होलेरी बजार  बिहीबार बजार अनुगमन गरिएको छ। रुन्टीगढी गाउँपालिकाले उपभोक्तालाई म्याद नाघेका वस्तु उपभोगबाट जोगाउने, दर्ता नभएका पसललाई दर्ता गराउने तथा नवीकरण नगरेका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्यसहित अनुगमन अभियान सञ्चालन गरेको जनाएको छ।
गाउँपालिका उपाध्यक्ष सरिता केसीको संयोजकत्वमा गरिएको अनुगमनमा होलेरी बजारका सबै पसलहरूको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा ८६ वटा पसल नयाँ दर्ता वा नवीकरण नभएको अवस्थामा भेटिएका थिए।

त्यसमध्ये २५ वटा पसल नयाँ दर्ता गरिएको तथा नवीकरण बाँकी रहेका ४३ वटा पसलको नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ। यस प्रक्रियाबाट कुल १ लाख ४० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको बताइएको छ।

अनुगमनका क्रममा विभिन्न पसलबाट १६ हजार २० रुपैयाँ बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ। नष्ट गरिएका सामग्रीमा हार्पिक, युरिन वास, चिजबल, मसला, जुस, बिस्कुट, कुरमुरे, टमाटर सस, प्याक गरिएको चिउरा, नमकिन, रेडबुल, स्प्राइट, कोकाकोला, फेन्टा, परफ्यूम, स्किन पाउडर, केक, सुजी, सब्जी मसला, कीटनाशक विषादी, फेस क्रिम, मेहेन्दी तथा रोमान्टिक पाउडर लगायतका वस्तु रहेका छन्।

गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

Facebook Comments