• ३१ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रास्वपाद्वारा बंगलाचुलीमा–३ मा वडा कार्यसमिति गठन




दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बंगलाचुली गाउँपालिका वडा नं. ३ मा ११ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ।

नवगठित कार्यसमितिको सभापतिमा मिनराज खत्री, उपसभापतिमा चुरामणि खत्री तथा सचिवमा करूणा खत्री चयन हुनुभएको युवा नेता विक्रम डांगीले जानकारी दिएका छन्।

वडा तहमा पार्टी संगठनलाई थप सक्रिय, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले कार्यसमिति गठन गरिएको बताइएको छ।

यसैबीच, वडा कार्यसमिति गठन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र मार्गदर्शनमूलक बनाउन कैलाशचन्द्र घिमिरेको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।

कार्यक्रममा रास्वपाका जिल्ला सचिव असिम भुषाल, भक्तबहादुर वली, विक्रम डांगी, नव क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments