• २९ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एसईईमा बंगलाचुली गाउँपालिकाबाट २५.०९ प्रतिशत मात्र उत्तीर्ण




दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार दाङको बंगलाचुली गाउँपालिकामा यस वर्ष २५.०९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

गाउँपालिकाभित्र रहेका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी २५९ विद्यार्थीमध्ये ६५ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओम केसीले जानकारी दिएका छन्।

शिक्षा शाखा प्रमुख केसीका अनुसार गाउँपालिकाभित्रका विद्यालयमध्ये महेन्द्र माध्यमिक विद्यालय श्रीवारी को नतिजा सबैभन्दा राम्रो रहेको छ भने सुधा माध्यमिक विद्यालय झेलनेटा को नतिजा सबैभन्दा कमजोर रहेको छ।

विद्यालयगत विवरणअनुसार महेन्द्र माध्यमिक विद्यालय श्रीवारीबाट ३९ विद्यार्थी परीक्षामा सहभागी भएकामा २० जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत ५१.२ रहेको छ, जुन गाउँपालिकामै सबैभन्दा बढी हो।

त्यसैगरी सरस्वती माध्यमिक विद्यालय जवरकोट बाट ३० विद्यार्थी सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत ४० रहेको छ।

मावि भेडाबारी मलाबरी बाट ५९ विद्यार्थी सहभागी भएकामा ११ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १८.६ रहेको छ।

यस्तै खड्ग मावि हाँसिपुर बाट १७ विद्यार्थी सहभागी भएकामा ३ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १७.६ रहेको छ।

महेन्द्र माध्यमिक विद्यालय स्युजा बाट सहभागी २४ विद्यार्थীমध्ये ४ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १६.६ रहेको छ।

त्यसैगरी सुधा माध्यमिक विद्यालय झेलनेटाबाट ९० विद्यार्थी सहभागी भएकामा १५ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १६.६ रहेको छ।

शिक्षा शाखा प्रमुख ओम केसीका अनुसार यस वर्षको नतिजाले गाउँपालिकाभित्र शैक्षिक सुधारका लागि थप प्रयास आवश्यक रहेको संकेत गरेको छ।

Facebook Comments