• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यसमिति गठन




दाङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्बर २ मा नयाँ वडा कार्यसमिति गठन गरेको छ।

गठन गरिएको नौ सदस्यीय कार्यसमितिको सभापतिमा मिनबहादुर थापा चयन भएका छन् भने सचिवको जिम्मेवारी सुर्य बहादुर पुनलाई दिइएको छ। स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले समिति विस्तार गरिएको युवा नेता विक्रम डाँगीले जानकारी दिएका छन्।

डाँगीका अनुसार वडा तहमा संगठनलाई सक्रिय, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यका साथ नयाँ नेतृत्व चयन गरिएको हो। उनले आगामी दिनमा स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ उठाउँदै पार्टीलाई जनस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने योजना रहेको बताए।

समिति गठन कार्यक्रममा जिल्ला स्तरका नेताहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सचिव असिम भुषाल, भक्त वली, विक्रम डाँगीलगायतको सहभागिता रहेको थियो। उपस्थित नेताहरूले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

स्थानीय तहमा संगठन विस्तारसँगै रास्वपाले जनसम्पर्क, संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने तयारी गरेको बताइएको छ।

Facebook Comments