जोया थापा
घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कार्यसमितिको निर्वाचन–२०८३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा ध्रुब केसी नेतृत्वको प्यानल विजयी भएको छ । महिला उपाध्यक्ष पदमा भने फरक प्यानलकी उम्मेदवार विजयी भएकी छन् ।
अध्यक्ष पदमा ध्रुब केसीले २ हजार ५९३ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६८० मत प्राप्त गर्दा सुमन शर्माले १५५ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा भरतमणि पाण्डे १ हजार ९१६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी यशोदा पाण्डेले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्ष पदमा खुमा कुमारी खड्का १ हजार ३६१ मतसहित विजयी भएकी छन् । निरजा पोख्रेलले १ हजार २२७ मत तथा कमला लम्सालले ५४५ मत प्राप्त गरेका छन् । यो पदमा मात्रै ध्रुब केसी नेतृत्वको प्यानल बाहिरकी उम्मेदवार विजयी भएको जनाइएको छ ।
त्यसैगरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ २ हजार ३३९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिनेश वलीले ८४२ मत प्राप्त गरेका छन् ।
सदस्य पदतर्फ चुर्ण बहादुर वलीले २ हजार १८, निरज कुमार कार्कीले १ हजार ६०२ तथा नवीन पोख्रेलले १ हजार ५३४ मत प्राप्त गरी विजयी भएका छन् । अन्य उम्मेदवारमध्ये सुरेश केसीले १ हजार ५३२, तुलसीराम दाहालले ८००, रामकुमार दाहालले ७२८ तथा विजय कुमार गुप्ताले ६११ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा टिकाराम वली १ हजार ४३३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिनेश आचार्यले १ हजार ११७ तथा पहलमान थापाले ५७० मत प्राप्त गरेका छन् ।
महिला सदस्यतर्फ विन्दु पाण्डेय २ हजार ५४, रेखा न्यौपाने १ हजार ८६९ तथा उषादेवी थापा १ हजार ६९४ मतसहित विजयी भएका छन् । अन्य उम्मेदवारमध्ये आशा पुन घर्तीले १ हजार २५८, किरण गौतमले १ हजार २२७ तथा सम्झना शर्माले ९२८ मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणामसँगै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
