• २७ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही खानेपानी संस्थाको अध्यक्षमा ध्रुव केसी भारी मतान्तरले विजयी




घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कार्यसमितिको निर्वाचन–२०८३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा ध्रुव केसी नेतृत्वको प्यानल विजयी भएको छ भने महिला उपाध्यक्ष पदमा फरक परिणाम आएको छ ।
अध्यक्ष पदमा ध्रुव केसीले २,५९३ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी किशोरकुमार आचार्यले ६८० मत प्राप्त गर्दा सुमन शर्माले १५५ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा भरतमणि पाण्डे १,९१६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी यशोदा पाण्डेले १,२२८ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्ष पदमा खुमा कुमारी खड्का १,३६१ मतसहित विजयी भएकी छन् । निरजा पोख्रेलले १,२२७ मत तथा कमला लम्सालले ५४५ मत प्राप्त गरेका छन् । यो पदमा मात्रै ध्रुव केसी नेतृत्वको प्यानल बाहिरकी उम्मेदवार विजयी भएको बताइएको छ ।
त्यसैगरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ २,३३९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी दिनेश वलीले ८४२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा टिकाराम वली १,४३३ मतसहित विजयी भएका छन् । दिनेश आचार्यले १,११७ मत प्राप्त गर्दा पहलमान थापाले ५७० मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणामसँगै संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।

Facebook Comments