• २७ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिका वडा नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यसमिति गठन




दाङ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरेको वडा देखि पालिकास्तरसम्म समिति गठन अभियान अन्तर्गत बङ्गलाचुली गाउँपालिका वडा नं. १ मा शनिबार वडा कार्यसमिति गठन गरिएको छ।

नवगठित समितिको अध्यक्षमा राप्रपाका त्यागी विष्णु गौतम चयन हुनु भएको छ भने उपाध्यक्षमा मेगराज परियार चयन हुनु भएको छ। परियारले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस वडा कार्यसमितिको उपसभापति पद त्याग गरी रास्वपामा आबद्ध हुँदै जिम्मेवारी सम्हाल्नु भएको बताइएको छ।

त्यसैगरी समितिको सचिवमा तिलक परियार चयन हुनु भएको छ भने अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरिएको रास्वपाका युवा नेता विक्रम डाँगीले जानकारी दिनु भयो।

सम्मेलनमा रास्वपाका जिल्ला सचिव अशिम भुसाल, भक्त बहादुर ओली, हेमन्त खनाल, बिक्रम डाँगी, दिल बहादुर केसी, नव केसी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

रास्वपाले संगठन विस्तार तथा स्थानीय तहसम्म पार्टीको पहुँच मजबुत बनाउने उद्देश्यसहित देशभर समिति गठन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Facebook Comments