• २६ बैशाख २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको अन्नपूर्ण स्कुलमा नयाँ व्यवस्थापन, अनुसन्धानमूलक शिक्षामा जोड




घोराही । दाङको घोराहीस्थित पुरानो निजी विद्यालय अन्नपूर्ण आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

२०४५ सालमा स्थापना भएको अन्नपूर्ण स्कुलमा नयाँ व्यवस्थापन आएसँगै विद्यालयमा सूचना प्रविधिको प्रयोग गरेर अनुसन्धानमूलक शिक्षा प्रदान गर्न थालिएको हो ।

शिक्षा क्षेत्रका विषयगत विज्ञ शिक्षकहरूको अगुवाइमा विद्यालयलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको प्रिन्सिपल हिमाल महराले जानकारी दिनुभयो । “अहिलेको आधुनिक समयमा हाम्रा बाबु नानीहरूलाई विद्यालय तहदेखि नै सूचना प्रविधिको प्रयोग गरेर अध्ययन गर्ने प्रणालीको विकास गर्न जरुरी छ,” प्रिन्सिपल महराले भन्नुभयो,” किताबमा लेखेको कुरा घोकेर मात्र हाम्रा बालबालिकाहरूले ज्ञान प्राप्त गर्न सक्दैनन्, उनीहरूलाई विद्यालय तहदेखि नै अनुसन्धानमूलक ढंगले शिक्षण गर्ने बानीको विकास गर्न जरुरी छ ।”

विद्यालयका भाइस-प्रिन्सिपल गिरिराज घर्ती मगरले नयाँ व्यवस्थापन आएसँगै अन्नपूर्णमा शिक्षासँगै विद्यार्थीहरूको संस्कार निर्माणमा विशेष जोड दिइने बताउनुभयो । संस्कार बिनाको शिक्षाले असल नागरिक निर्माण हुन नसक्ने उहाँको भनाई छ । अन्नपूर्ण स्कुलले यहाँबाट अध्ययन गरेका विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अध्यापन गराइने मगरको विश्वास छ ।

Facebook Comments