• २६ बैशाख २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व रेडक्रस दिवसका अवसरमा रेडक्रस सचेतना एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न




पवन पाेख्रेल

प्यूठान । मावतामा एकताबद्ध हाेओै ” भन्ने नारालाई आत्मसात गर्दै नेरेसाे प्युठान शाखाले आज मे ८ मा सचेतना एवं अभिमुखिकरण गर्दै विश्व रेडक्रस दिवस मनाएको छ ।

माण्डवी पालिकाशाखाकाे सम्वन्यमा माण्डवी गापा -३ नयाँगाउँ माण्डवी माविकाे शभाहलमा भएको उक्त कार्यक्रमकाे अध्यक्षता माण्डवी शाखाका अध्यक्ष खेतबहादुर राेका, प्रमुख अतिथि नेरेसाेका पुर्वकेन्द्रीय सदस्य तथा जिल्ला सभापति गुमानराज पुलामी र विशिष्ट अध्यक्षमा माण्डवी गापा वडा नम्बर तिनकाे अध्यक्ष धनेन्द्र कार्की रहनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य जुरेस माण्डवीका संरक्षक मीन बहादुर पुनले दिनुभएको थियाे , कार्यक्रममा विशिष्ट अतिथि धनेन्द्र कार्कीले रेडक्रसले समाजमा निस्वार्थ भावले राम्रो काम गरेर मानवतालाई जिवित राखेकाे छ दुखि पिडित जनताको सारथि बनेकाे भन्दै प्रशंसा गर्नुभएको थियाे । साथै याे अभियानलाई आफू र पालिकाकाे तर्फबाट सदैब साथ रहने प्रतिवद्ता समेत जनाउनुभएकाे थियाे ।

पुर्व केन्द्रीय सदस्य एवं जिल्ला सभापति गुमानराज पुलामीले माण्डवी पालिका शाखाका सदस्यहरू र जुरेस माण्डवीका विद्यार्थीहरूलाई जा हेनरी ड्युनाकाे याेगदान, रेडक्रसले गर्दै आएका गतिविधि र नयाँ विधानमा भएको व्यवस्था लगाएतका विषयमा सचेतना दिनुभएको थियाे ।

कार्यक्रममा नव प्रवेशी आजीवन सदस्य , साधारण सदस्यलाई प्रमाणपत्र दिदै सम्मान पनि गरिएको थियाे । कार्यक्रममा, शिक्षकहरू, आजीवन सदस्य र सर्कलका विद्यार्थी , रेडक्रसप्रेमी महानुभावहरूकाे समेत उल्लेख्य सहभागीता रहेकाे थियाे ।

माण्डवी गापा ३ नयाँगाउँ स्थित माण्डवी माविकाे शभाहलमा भएको उक्त कार्यक्रमकाे सञ्चालन नेरेसाे माण्डवी शाखाकाे सचिव रामचन्द्र पाैडेलले गर्नुभएको थियो ।

Facebook Comments